Nepali Edition

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । आज राती १२: ०० बजे देखी लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको साविकको खुद्रा विक्री मूल्यमा रु. २ प्रति लि. को दरले स्वचालित मूल्य प्रणालीद्धारा मूल्य घटाई समायोजन गरिएको छ ।

समायोजन बमोजिम काठमाडौंको नयाँ खुद्रा विक्रीमूल्य पेट्रोल प्रति लिटर रु. ११२।०० र डिजेल / मट्टीतेलको रु. ९९।०० प्रति लि. कायम गरिएको छ ।

अन्य पेट्रोलियम पर्दाथको मूल्य यथावत राखिएको छ । अन्तर्राष्ट्रिय बजारमा अचानक मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा पेट्रोलियम पदार्थको कारोबारमा हाल निगमलाई धेरै राहत मिलेको अवस्था रहेको बताइएको छ ।

हाल कच्चा तेलको मूल्य अत्यन्त अस्थिर भएको कारणले गर्दा नेपाल आयल निगमले आगामी दिनमा प्राप्त हुने नयाँ मूल्य र स्वचालित मूल्य प्रणालीको संयन्त्र बमोजिम नै मूल्य समायोजन गर्दै जानेछ । यो समायोजन पश्चात् पनि भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सिमा मूल्यमा पेट्रोलमा रु. १२।३२ प्रति लि.ले र डिजेल रु. १५।७१ प्रति लि. ले नेपाल तर्फ नै अझै सस्तो कायम हुन पुगेको छ ।

विगत साढे दुई महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा पुगी एक महिनामा नै निगमलाई २ अर्व भन्दा बढी घाटा समेत भई यस चालु आ.व.को हालसम्म करिब रु. ३ अर्व ८४ करोड घाटा भई सकेको अवस्था थियो ।

स्मरण रहोस् खरीद मूल्य अत्याधिक बढेको बखतमा पनि नेपाल सरकार तथा सम्बन्धित संसदिय समितीको चाडवाडको बखत पेट्रोलियम पदार्थको मूल्य नबढाउन अनुरोध भई आएकोलाई निगमले पनि गम्भिरता पूर्वक लिई मूल्य वृद्धि गरेको थिएन ।

१ डिसेम्बर २०१८ देखि १५ दिनको लागि लागु हुने नयाँ मूल्य एवं रु. २ प्रति लि. घटाई समायोजन गरे पश्चात् पेट्रोलमा प्रति लि. रु. ११।४४ नाफा¸ डिजेलमा प्रति लि. रु. ५।८१ नाफा र एल.पि. ग्याँसमा प्रति सिलिण्डर रु. २८४।८३ घाटा रहने भई समग्रमा नाफा/घाटा मिलाउदाँ निगमलाई आगामी १५ दिनमा करीब ५६ करोड ५८ लाख नाफा हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published.

Loading...