Nepali Edition

संविधानसँग बाझिएका कानुनहरु संसदमा पेस गर्न सम्बन्धित मन्त्रालयहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन बस्नु अगावै संविधानसँग बाझिएका कानुनहरु सम्बन्धि मस्यौदा संसदमा पेस गरिसक्ने गरी काम गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् ।

संसदको हिउँदे अधिवेशन आगामी पुस पहिलो हप्ता बस्ने तयारी भएको सभामुख कृष्णबहादुर महरा निकट स्रोतले जनाएको छ ।

यही तयारी अनुसार प्रधानमन्त्री ओलीले सबै मन्त्रालयका सचिवहरुलाई आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बेलाएर निर्देश गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा सचिवहरुले संबिधानसँग बाझिएका कानूनहरु निमार्णको प्रगतिका सन्दर्भमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

सचिवहरुको ब्रिफिङपछि प्रधानमन्त्रीले असन्तुष्टि ब्यक्त गरेको स्रोतले बतायो । यही मंसिर महिनाभित्र मस्यौदा तयार गरी प्रक्रिया अगाडि बढाउन उनले सचिवहरुलाई भनेका छन् ।

Leave a Reply

Your email address will not be published.

Loading...