Nepali Edition

पूर्वप्रधानमन्त्री डा‍‍. तुलसी गिरीको ९३ बर्षको उमेरमा निधन

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा‍‍. तुलसी गिरीको निधन भएको छ । कलेजोको क्यान्सरबाट पीडित गिरीको मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो ।

९३ वर्षिय गिरी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएर घर गएका थिए । गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

सिराहा जिल्लामा जन्मिएका गिरी राजतन्त्रका पक्षधर थिए । उनले जीवनकालभरी राजतन्त्रको निरन्तर रुपमा साथ दिएका थिए । 

नेपाली कांग्रेसबाट राजनीति सुरु गरेका गिरीले २०१७ सालमा राजा मेहन्द्रले पञ्चायनी व्यवस्था स्थापना गरेपछि पञ्चायतको कट्टरपन्थीका रुपमा परिचित थिए ।  

पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने छ।

Leave a Reply

Your email address will not be published.

Loading...