Nepali Edition

अध्यक्षद्वय केपी ओली र प्रचण्डको बढी पूजा नगर्न नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको जोड

काठमाडौँ । नेकपाको जारी स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्दै वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्षद्वय केपी ओली र प्रचण्डको बढी पूजा भएको भन्दै त्यसरी पूजा गर्न आवश्यक नरहेको धारणा राखेका छन् । 

नेता नेपालले यस अघि भएका संगठनात्मक एकीकरणमा कमजोरी भएको भन्दै संगठन एकीकरणका वाँकी काम यहि बैठकले टुंगो लगाउनु पर्ने बताएका छन् ।

उनले पार्टी भित्र र जनताबीच सरकारबारे आलोचना गर्न पाउनुपर्ने धारणा राखेका छन् । नेता नेपालले पार्टीले सरकार संचालन गर्ने कुरामा स्पष्ट नभएको भन्दै स्पष्ट हुन आग्रह गरेका छन् ।

उनले मुख्यमन्त्री र प्रदेश इन्चार्ज एउटै व्यक्ति हुन नसक्ने भन्दै त्यसलाई सच्चाउन आग्रह गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...