Nepali Edition

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच नयाँ दिल्लीमा भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी सुष्मा स्वराजबीच बिहीबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

भारतीय विदेश मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल भारतको सम्बन्धको विभिन्न विषयमा छलफल हुनुका साथै द्वीपक्षीय सहयोगमा सञ्चालित परियोजनाको प्रगतिको समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनीहरुले हालै भएका उच्च स्तरीय भ्रमणको स्मरण गर्दै ती भ्रमणले वर्षौदेखिको समानता, आपसी समझदारी, एक अर्काको सम्मान र द्वीपक्षीय हितका आधारमा सञ्चालित सम्बन्ध सुदृढ बनाउन योगदान पुगेको बताएका थिए ।

नेपाली परराष्ट्रमन्त्रीको सम्मानमा भारतीय विदेशमन्त्री स्वराजले दिवाभोज दिएकी छन् । परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार विहान भारतको नयाँ दिल्ली पुगेका हुन् ।

उनी चौथो राइसिना डायलगमा भाग लिन नयाँ दिल्ली पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published.

Loading...