Nepali Edition

नेपालका लागि चिनियाँ राजदूत याङ्छी र सभामुख महरा बीच भेटवार्ता

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत होऊ याङ्छी र प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा बीच भेटवार्ता भएको छ । 

नवनियुक्त चिनियाँ राजदूत याङ्छीले आज बिहान सिंहदरबारमा पुगेर सभामुख महरासँग शिष्टाचार भेट गरेकी हुन् ।

भेटमा नेपालको संघीय संसद र चिनियाँ संसदबीचको सम्बन्धका विविध विषयमा छलफल गरिएको थियो ।

त्यसैगरी नवनियुक्त चिनियाँ राजदूत याङ्छीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि शिष्टाचार भेट गरेकी छिन् । 

सभामुख महरासँगको भेटलगत्तै उनले राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासँग पनि शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

नवनियुक्त राजदूत याङ्छी नेपालको राजनीतिलाई नजिकबाट नियालिएकी कूटनीतिज्ञ हुन् ।



Leave a Reply

Your email address will not be published.

Loading...