Nepali Edition

संघीय संसदद्वारा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोध र नाराबाजीका बीच संघीय संसदको प्रतिनिधिसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको छ । 

काँग्रेस सांसदहरुले नाराबाजी गरिरहेकै बेला सभामुख कृष्णबहादुर महराले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिएका थिए । 

काँग्रेस सांसदहरुलाई प्रक्रिया अघि बढाउन आग्रह गरेको नमानेपछि सभामुख महराले मन्त्री पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिएका थिए । 

सभामुख महराले विधेयकमा छलफलमा भाग लिन आग्रह गरेपनि कसैले पनि भाग लिएनन् ।

 छलफलमा भाग नलिएपछि मन्त्री पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्ने अनुमति सभामुख महराले दिएका थिए । 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदको ठूलो स्वरमा होहल्लाका बीच सत्तारुढ दलको बहुमतमा सो विधेयक सभामुख महराले पारित भएको घोषणा गरे । 

वरिष्ठ चिकित्सक गोविन्द केसीको सहमति विपरितको प्रावधान विधेयकमा राखिएको भन्दै काँग्रेसले त्यसको विरोध गरिरहेको थियो । 

प्रतिनिधिसभाको अर्को बैठक आगामी विहीबार १७ गते दिनको १ बजे बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...