Nepali Edition

पूर्वयुवराज पारसलाई तेस्रोपटक हृदयघात अवस्था सामान्य

काठमाडौं । हृदयघात भएर नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारसको एन्जियोप्लास्टी गरिएको छ ।

हृदयघात भएपछि पारस अस्पताल भर्ना भएका थिए । आफ्ना एक भतिजसँग दिउसो साढे चार बजे अस्पताल पुगेका उनलाई आईसीयूमा राखिएको थियो ।

पारस आज दिउसो ललितपुरस्थित शिव पार्वती मन्दिरमा पुजा गर्न पुगेका थिए । त्यहाँ उनलाई भेटेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले त्यतिबेला पारस सामान्य अवस्थामा रहेको जानकारी दिए ।

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने अहिले सिमरामा छन् । फोनमार्फत उनीहरुले छोराको स्वास्थ्यबारे जानकारी लिइरहेको बताइएको छ ।

पारसकी पत्नी पूर्वयुवराज्ञी हिमानी भने थाइल्यान्डमा छिन् । पारसलाई तेस्रोपटक हृदयघात भएको हो ।

Leave a Reply

Your email address will not be published.

Loading...