Nepali Edition

समृद्ध नेपाल सुखी नेपालीको ध्येय साझा लक्ष्य बनेको प्रधानमन्त्री केपी ओलीको धारणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं अघि क्रान्तिवीरहरुले देखेको राजनीतिक अधिकार प्राप्तिको सपना साकार भएको बताएका छन् ।

शहीद दिवसको अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले शहीदहरुको बलिदानले लोकतन्त्र र मानवअधिकार विरोधी शक्तिहरु समेत परास्त भएको भन्दै प्रसन्नता व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले सन्देशमा समाज रुपाञ्तरण र देश निर्माणको प्रक्रियामा सहभागी भएमा शहीदहरुप्रति सच्चा श्रद्धान्जली हुने बताइएको छ ।

राणा शासनविरुद्ध वि.सं १९९७ मा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले गरेको बलिदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको उल्लेख गरेका छन् ।

‘राजनीतिक संक्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लगि केन्द्रिकृत भएका छौं । त्यसैले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको ध्येय सम्पूर्ण राष्ट्रको साझा लक्ष्य बन्न पुगेको छ,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...