Nepali Edition

गृहमन्त्री रामबहादुर थापा र नेपालका लागि चीनका राजदूत होउ याङ्छी बीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपालका लागि चीनका राजदूत होउ याङ्छी बीच शिष्टाचार भेटवार्ता भएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले राजदूत याङ्छीलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिँदै उनको कार्यकालमा नेपाल–चीन सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे ।

थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता जनाए ।

राजदूत याङ्छीले नेपालले चीन विरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास जनाइन् ।

भेटमा राजदूत याङ्छीले गृहमन्त्री थापालाई चीन भ्रमणको समेत निमन्त्रणा दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...