Nepali Edition

नेपाल र भारत बीच ब्यापार सन्धीको समिक्षा गर्न आज बैठक बस्दै

पोखरा । नेपाल र भारत बीच भएको ब्यापार सन्धीको समिक्षा गर्न आज पोखरामा बैठक बस्दैछ । दश बर्ष पहिले दुई देश बीच भएको ब्यापार सम्झौताको समिक्षा गर्न दोस्रो पटक बैठक पोखरामा बस्न लागिएको हो ।

दुई दिन सम्म चल्ने सो बैठकमा नेपाल र भारत बीच बढ्दो ब्यापार घाटा कम गरी दुई देश बीच आयात र निर्यात बढाउने बिषयमा चर्चा हुने बताईएको छ ।

नेपालको बाणिज्य, उद्योग तथा आपुर्ति मन्त्रालयका सचिव रवीशंकर बैजुले नेपाल र भारत बीच बढ्दो ब्यापार घाटालाई कम गर्न बैठक केन्द्रित रहने बताएका छन् ।

ब्यापार घाटा कम गरी नेपालमा उत्पादित बस्तुलाई भारतमा निर्यात गर्न र भारतमा उत्पादन हुने बस्तुको आयातका निम्ति छलफल केन्द्रित रहने बताईएको छ ।

यस्तै बिषयमा छलफल गर्न गत बर्ष भारतको नयाँ दिल्लीमा अगस्ट महिनामा बैठक आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...