Nepali Edition

काठमाडौंबाट दिल्ली जान भयो इतिहास मै सबै भन्दा महंगो टिकट

काठमाडौं । भारतीय वायुसेवा कम्पनी जेट एयरवेयजले उडान स्थगित गरेसँगै काठमाडौंबाट नयाँ दिल्ली जानको लागि कुनैपनि टिकट उपलब्ध छैन ।

तपाई नयाँ दिल्लीबाट काठमाडौं आउन लाग्नु भएको छ या काठमाडौंबाट नयाँ दिल्ली जेट एयरवेयज उडान बन्द भएपछि टिकट पाइदैन ।

नयाँ दिल्लीमात्र नभएर भारतका शहरहरु कलकत्ता, मुम्बईमा समेत टिकट उपलब्ध भएको छैन ।

काठमाडौंबाट नयाँ दिल्लीसम्म जेट बाहेक नेपाल वायुसेवा निगम, इन्डियन एयरलाइन्सले उडान गर्दै आएका छन् ।

अहिले नयाँ दिल्ली जानको लागि मलेसिया, सिंगापुर हुँदै जाने टिकट मात्र उपलब्ध छन् । सो टिकटहरुको मूल्य 1 लाख भन्दा बढी देखाइएको छ ।

ट्राभल सम्बन्धित प्रख्यात वेवसाइट कम्पनीमा एक महिना पछाडिको मात्र टिकट उपलब्ध भएको देखिन्छ ।



Leave a Reply

Your email address will not be published.

Loading...