Nepali Edition

बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति र संघीय समाजबादी एक हुने

काठमाण्डौं । अन्तत: नयाँ शक्ति पार्टी र संघीय समाजबादी बीच पार्टी एकता हुने निश्चित भएको छ । संघीय अध्यक्षमा पूर्व प्रधानमन्त्री एवम नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र केन्द्रिय समितिको अध्यक्षमा उपेन्द्र यादव अध्यक्ष हुने गरी पार्टी एकता गर्ने सहमति भएको स्रोतले बताएको छ ।

पार्टी एकता पछि पार्टीको नाम समाजबादी पार्टी रहने र चुनाव चिन्ह भने तारा रहने बताइएको छ । पार्टीको झण्डा संघीय समाजबादी पार्टीको झण्डा कायम रहने गरी पनि सहमति भएको बताइएको छ ।

पार्टी एकताको घोषण यही बैशाख २३ गते गर्ने समेत तय भएको बुझिएको छ । नयाँ शक्ति र संघीय समाजबादी फोरमसँगै राजपाको पनि पार्टी एकता हुने भनिएता पनि तत्कालका लागि राजपासँगको पार्टी एकता भने रोकिएको छ ।

केही दिन अघि संघीय समाजबादी पार्टीका अध्यक्ष एवम उपप्रधानमन्त्री उपेन्द्र यादवले आफू कार्यकारी अध्यक्ष हुनुपर्ने र पार्टी सरकारबाट नहट्ने सर्त राखे पछि पार्टी एकता प्रक्रियामा केही समस्या देखिएको थियो ।

नयाँ शक्ति पार्टीका संयोजक एवम पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कार्यकारी अध्यक्षमा असहमति र पार्टी सरकारबाट बाहिरिनु पर्ने सर्त राखे पछि पार्टी एकतामा केही ढिलाई भएको थियो ।

Leave a Reply

Your email address will not be published.

Loading...