Nepali Edition

पोखराको जनप्रिय बहुमुखी क्यम्पसमा सेनिटरी प्याड भेण्डिङ मेसिन जडान

कास्की । पोखराको जनप्रिय बहुमुखी क्यम्पसमा सेनिटरी प्याड भेण्डिङ मेसिन जडान गरिएको छ । विद्यालयमा महिनावारी हुदा छात्राहरुलाई समस्या नहोस भनेर मेसिन जडान गरिएको हो ।

गान्धी इन्टरनेशनल मिसन नेपाल र जनप्रिय क्याम्पसको सहकार्यमा २ वटा मेसिन जडान गरिएको गान्धी इन्टरनेशनल मिसनकी स्वास्थ्य संयोजक डा. अंकिता अग्रवालले जानकारी दिइन ।

विद्यालय समयमा महिनावारी हुँदा छात्राहरुको पढाइमा असर नपरोस भनेर मेसिन जडान गरिएको डा. अग्रवालले बताइन । मेसिनमा २ रुपैयाको सिक्का हालेपछि सेनिटरी प्याड आउछ । मेसिन जडान भएपछि आफूहरुलाई सहज भएको छात्राहरुले बताए ।

उनीहरुले भने ‘कक्षा सञ्चालन भइरहेको वेला महिनावारी भयो भने कित कक्षा नै छाड्नु पर्ने कित सेनिटरी प्याड किन्न बाहिर जानुपर्ने अवस्था थियो अब त्यसको अन्त्य भएको छ’ ।

क्यम्पसमै सेनेटरी प्याड भेण्डिङ मेसिन जडान गरिएपछि महिनावारी सम्बन्धी धारणामा समेत सकरात्मक परिर्वतन आउने क्यम्पस प्रमुख विरन्जी गौतमले बताए ।

गान्धी इन्टरनेशनल मिसन नेपालले यस अघि पनि विभिन्न विद्यालयमा सेनिटरी प्याड भेण्डिङ मेसिन जडान गरेको थियो ।

Leave a Reply

Your email address will not be published.

Loading...