Nepali Edition

गुठी विधेयक विरुद्ध काठमाडौंमा उर्लियो मानवसागर

काठमाडौं । चौतर्फी आलोचनापछि सरकारले फिर्ता गरेको गुठी विधेयक विरुद्ध गुठीयारहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

काठमाडौंका विभिन्न ठाउँबाट आएका हजारौं मानिसहरु माइतीघर मण्डलामा जम्मा भएका छन् ।

असन, पाटन तथा बसन्तपुर लगायतका क्षेत्रबाट ठूलो संख्यामा आएका मानिसहरू माइती घर मण्डलामा उर्लिएका हुन् ।

प्रदर्शनकारीले ‘गुठी विधेयक खारेज गर’ जस्ता नारा लगाएका छन् । प्रदर्शनका कारण उपत्यकाका सडकमा सवारी आवागमनमा समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...