लामाका अनुसार आगामी वर्ष आन्तरीक श्रोतबाट ७ करोड, प्रदेश सरकारबाट राजस्व बाँडफाँडमा ४ करोड १ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँड तर्फ ११ करोड ६० लाख १४ हजार, संघीय सरकार समानिकरण अनुदानबाट १६ करोड ६२ लाख, संघीय सरकार शर्शत अनुदान २९ करोड ३७ लाख, प्रदेश सरकार समानिकरण अनुदान १ करोड ७ लाख, प्रदेश समपुरक अनुदान १ करोड ६ लाख, प्रदेश विषेश अनुदान ३० लाख, प्रदेश शर्शत अनुदान २ करोड ९८ लाख, मौज्दात रकम ७ करोड ७६ लाख आम्दानी हुने अनुमान गरिएको छ ।
प्रस्तावित बजेटलाई आर्थिक विकासमा ४ करोड १६ लाख, कृषि, पशु र सहकारी तर्फ २ करोड ५६ लाख, सामाजिक विकास तर्फ ७ करोड ४ लाख, शिक्षा तर्फ १ करोड १ लाख, स्वास्थ्य तर्फ १ करोड ४ लाख, पूर्वाधार विकासमा १० करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै सडक पूल तर्फ ७ करोड ६१ लाख, भवन तथा शहरी तर्फ २ करोड २४ लाख, व्यवस्थापन तथा सुशासन तर्फ ३ करोड ७७ लाख, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड ९३ लाख, कार्यालय संचालन तथा प्रशासनका लागि १५ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
नगर सभामा आगामी वर्षका लागि नगर प्रमुख प्रभा बरालले निति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । निति तथा कार्यक्रममा नगरपालिकाले कोरोना संक्रमणको न्युनिकरण तथा नियन्त्रणलाई प्रथामिकतामा राखेको छ । बेरोजगार युवाहरुलाई रोजगारको ब्यवस्था गर्ने महत्वपुर्ण योजना पनि नगरले लिएको छ । त्यस्तै पुर्वाधार बिकास, कृषि, स्वास्थ्य, पशुपालन, शिक्षा, पर्यटन, उद्योग व्यवसाय प्रवद्र्धनका लागि समेत विभिन्न कार्यक्रम समावेश गरिएका छन। बृद्धबृद्धा, अपांग, लक्षित बर्गका लागि विभिन्न योजना समावेश गरिएको छ ।
सभामा बागमती प्रदेशका भुमि, ब्यवस्था तथा कृषि सहकारीमन्त्री दावादोर्जे लामाले हरेक क्षेत्रमा पर्याप्त बजेट रहेकाले कार्यान्वयनमा जोड दिन आग्रह गरे । स्थानीय तहसँगै प्रदेश सरकार र संघीय सरकारको तर्फबाट समेत पर्याप्त बजेट उपलब्ध भइरहेको बताउदै उनले स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले रातदिन नभनी काम गर्नुपर्नेमा जोड दिए । आफुले राप्तीको हरेकजसो क्षेत्रका लागि पहल गरि विभिन्न साना ठुला योजनाका लागि बजेट बिनियोजन गराएको बताउदै उनले प्रदेश सरकार जनतासँगै रहेको प्रस्ट पारे । नगरको निति तथा कार्यक्रम अब्बल रहेको बताउदै सोही अनुसारको बजेट हुनुपर्ने सुझावसमेत दिए ।
Times Asian
Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.
Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.