हेटौंडा । तराईका जिल्लालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटोे दूरीका दुई राजमार्ग पहिरोका कारण अबरुद्ध भएको छ । हेटौंडा–भिमफेदी–कुलेखानी मार्ग र निर्माणाधीन कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको हो ।
हेटौंडा–भिमफेदी–कुलेखानी सडक खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–६ जुरिखेत नजिक लेदो माटो र चट्टानसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ । सो खण्डमा वागमती प्रदेश सरकारले सडक बिस्तारको काम गरिरहेको छ । १६ किलोमिटर लामो सडकमा दुर्घटनाको उच्च जोखिम भएपछि सरकारले चौडा पार्ने काम गरिरहेको हो ।
लगातारको वर्षाका कारण बिस्तारको क्रममा रहेको बाटोको माथिबाट लेदो माटोसहित पहिरो खस्दा दुईतर्फी बाटो अवरोध भएको छ । अहिले पहिरो पन्छयाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण बाटो अवरुद्ध हुँदा सवारी साधनहरु बिच बाटोमै रोकिएका छन् ।
निर्माणको क्रममा रहेको हेटौंडा–काठमाडौं कान्ति लोकपथ सडक पनि पूर्णरुपमा अवरुद्ध बनेको छ । लोकपथ अन्तर्गत बकैया–११ घट्टेपाखा, सिमात, बैकया–१२ छेपारे, भिमफेदी–८ कालोपहिरो, गंगटेमा लगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Times Asian
Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.
Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.