काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताउनुभएको छ।
राजधानीमा आयोजित नेकपा काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा अस्थिरता र लोकतन्त्र खतरामा परेपछि संसद विघटन गरेको बताउनुभयो ।
उहाँले आफूलाई स्थापित भन्ने मिडियामा भड्काउन जाली र प्रायोजित समाचार आउने गरेको दाबी गर्नुभयो । ओलीले आफूले नेतृत्व गर्न पाइराख्यो भने देश सर्लक्कै देश खायो भनेर केही मान्छेलाई भत्भती पोलिरहेको आरोप लगाउनुभयो ।
प्रचण्ड माधव नेपालतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले आगामी चुनावमा दुई अंकको नतिजा ल्याएर देखाउन चुनौती दिनुभयो ।