काठमाण्डौ । नेकपा नेता एवम गृहमन्त्री रामबहादुर थापा बादलले संसद विघटन साहसिक कदम भएको बताउनुभएको छ।
आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक कू गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने राजनीतिक कदम चालेको उहाँको भनाई थियो।
नेकपा काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री समेत रहनुभएका बादलले बाहृय रुपमा प्रतिगमनतिर फर्किए जस्तो देखिए पनि संसद बिघटन पछि नेपालको राजनीति उचाईमा पुगेको बताउनुभयो।
आफूहरुको एजेण्डा विचार, सिद्धान्त र नेतृत्व सही भएको भन्दै नेता बादलले चुनावमा गएर प्रतिगमनकारीहरुलाई भण्डाफोर गर्नुपर्ने बताउनुभयो । अवसरवादी शक्तिहरुले प्रतिगमनलाई पुनर्स्थापित गर्न नेकपालाई फुटाउने प्रयास भएको उहाँको भनाई थियो।