ककनी, नुवाकोट । नेकपा एमाले नुवाकोट जिल्ला, ककनी गाउँपालिका वडा नं ५ को प्रथम ऐतिहासिक अधिवेशन भोट थानसिङ स्थित ककनी गाउँपालिका वडा नं ५ को कार्यालयको भवनमा भव्य रुपमा सम्पन्न भएको छ ।
अधिवेशनले ललित कुमार लामाको अध्यक्षतामा सर्वसम्मत ३१ सदस्यीय नेकपा एमाले ककनी गाउँपालिका वडा नं ५ कमिटी निर्वाचित गरेको छ ।
अधिवेशनलाई सम्बोधन गर्दे नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य राजु लामाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगाडि सार्नु भएको सुःखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्न नेकपा एमालेका सम्पूर्ण सदस्यहरु संगठित रुपमा अहोरात्र खट्नुपर्ने बताए ।
नव-निर्वाचित अध्यक्ष ललित कुमार लामाले ककनीको विकास निर्माणमा आफूले हरसंभव प्रयास गर्ने र जनताको सेवामा सधै समर्पित रहने बताए ।
अधिवेशनमा नेकपा एमाले ककनी गाउँपालिकाका युवा नेता एवम नव-निर्वाचित ककनी गाउँपालिकाका प्रतिनिधि बीरेन्द्र लामाले स्वागत मन्तव्य राखेका थिए ।