रानीपौवा, नुवाकोट । नेकपा एमाले ककनी गाउँपालिकाको ऐतिहासिक प्रथम अधिवेशनबाट अध्यक्षमा शेषमान लामा सर्वसम्मत निर्वाचित भएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा पवन फुयाल, सचिवमा योगेन्द्र तामाङ, उप-सचिवद्वयमा यम बहादुर लामा र कोपिला गुरुङ लगायत ७५ सदस्यीय ककनी गाउँपालिका कमिटी पनि सर्वसम्मत निर्वाचित भएका छन ।
अधिवेशनको उद्घाटन ककनी गाउँपालिका रानीपौवामा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यद्वय राजु लामा र काशीनाथ अधिकारीले संयुक्त रुपमा गरेका थिए ।
ककनी गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष, अन्य पदाधिकारी एवम सदस्यहरुले नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यद्वय राजु लामा र काशीनाथ अधिकारीको उपस्थितिमा पार्टीको पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।
सोही अवसरमा ककनी गाउँपालिकाका सबै वडाबाट नवनिर्वाचित अध्यक्ष, पदाधिकारी एवम सदस्यहरुले समेत पार्टीको पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।