काठमाडौं। टुटफुट, विभाजन, एकता र संघर्षको प्रक्रियाबाट गुज्रिएको नेपाली कम्युनिस्ट आन्दोलनमा यतिबेला फेरि एकताको प्रक्रिया सुरु भएको छ । ठूला कम्युनिस्ट पार्टीहरु नेकपा ( एमाले ), नेकपा ( माओवादी केन्द्र ) र नेकपा ( एकीकृत समाजवादी ) मा एकताको लहर चलिरहँदा तीनवटा कम्युनिस्ट घटकहरु बीचमा एकता सम्पन्न भएको छ।
पूर्वलाई आधार बनाएर सक्रिय रहेको “नेपाल कम्युनिस्ट आन्दोलन भेटघाट तथा संवाद समन्वय समिति”, तराई / मधेसमा क्रियाशील ” तराई मधेस कम्युनिस्ट पार्टी ” र मध्य क्षेत्रमा सक्रिय ” कम्युनिस्ट लिग अफ शैलुङ ” बीच पार्टी एकता भएर ” नेपाल कम्युनिस्ट पार्टी ( मालेमा केन्द्र )” घोषणा गरिएको हो । संयुक्त भेलाले क. लक्ष्मण उप्रेती (आर्जन) अध्यक्ष र क. समीर मण्डल महासचिव रहेको ७ सदस्यीय पोलिटव्युरो सहित ३५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।
नेकपा (मालेमा केन्द्र ) को केन्द्रीय समिति :-
(१) अध्यक्ष :- क. लक्ष्मण उप्रेती ( आर्जन )
(२) महासचिव :- क. समीर मण्डल (बारा )
(३) पोलिटव्युरो सदस्य :- क. नाम्गेल मोक्तान ( कार्जिन) दोलखा
(४) पोलिटव्युरो सदस्य :- क. अमर मण्डल ( बारा)
(५)पोलिटव्युरो सदस्य :- क. भोजराज खनाल ( काभ्रेपलान्चोक )
(६) पोलिटव्युरो सदस्य:- क. कृष्णप्रसाद श्रेष्ठ ( सिन्धुपाल्चोक)
(७) पोलिटव्युरो सदस्य :- क. जितेन्द्र साह ( बारा )
(८) केन्द्रीय सदस्य :- क. विवेक वाईवा ( मकवानपुर )
(९) केन्द्रीय सदस्य :- क. सुरेश चौधरी ( बारा )
(१०) केन्द्रीय सदस्य :- क. मंगलसिंह तामाङ ( सिन्धुपाल्चोक )
(११ केन्द्रीय सदस्य :- क. साहिल देवान ( बारा )
(१२) केन्द्रीय सदस्य :- क. चन्द्रबहादुर पाख्रिन (सिन्धुपाल्चोक)
(१३) केन्द्रीय सदस्य :- क. शिव पाण्डे ( पर्सा )
(१४) केन्द्रीय सदस्य :- क. सिद्धान्त केसी ( धादिङ )
(१५) केन्द्रीय सदस्य :- क. शम्भुनारायण चौधरी ( सर्लाही )
(१६) केन्द्रीय सदस्य :- क. निरोज श्रेष्ठ ( सिन्धुपाल्चोक )
(१७) केन्द्रीय सदस्य :- क. बलराम शर्मा ( सप्तरी )
(१८) केन्द्रीय सदस्य :- क. महेश साह ( पर्सा )
(१९) केन्द्रीय सदस्य :- क. सकिला झा ( धनुषा )
(२०) केन्द्रीय सदस्य :- क. प्रमोद कुमार ( उदयपुर )
(२१) केन्द्रीय सदस्य :- क. राजकुमार महासेठ ( सिराहा )
(२२) केन्द्रीय सदस्य :- क. योगेश्वर शर्मा ( पर्सा )
(२३) केन्द्रीय सदस्य :- क. डिलाराम दास ( सिराहा )
(२४) केन्द्रीय सदस्य :- क.सद्दिम मिया धोबी ( पर्सा )
(२५) केन्द्रीय सदस्य :- क. बलिराम आचार्य ( पर्सा )
(२६) केन्द्रीय सदस्य :- क. महमद इस्लामुद्दिन अन्सारी ( पर्सा )
(२७) केन्द्रीय सदस्य :- क. डिकेश लामा ( मकवानपुर )
(२८) केन्द्रीय सदस्य :- क. पूर्णीमा देवी ( पर्सा )
(२९) केन्द्रीय सदस्य :- क. श्याम कुमार ( भक्तपुर )
(३०)केन्द्रीय सदस्य :- क. जोगी यादव ( मोरङ )
(३१) केन्द्रीय सदस्य :- क.गीतादेवी साह ( पर्सा )
(३२) केन्द्रीय सदस्य :- क.भानुप्रसाद साह ( बारा )
(३३) केन्द्रीय सदस्य :- क. पाइलट थापा (काठमाडौं )
(३४) केन्द्रीय सदस्य :- क. सतनारायण मुखिया (रौतहट )
(३५) केन्द्रीय सदस्य :- क. तेजलाल गुप्ता (सुनसरी )
देशमा लोकप्रियता र जनमतको हिसाबले अग्रणी रहेपनि नेपालका कम्युनिस्ट पार्टीहरु संकीर्णता, जडसुत्रवाद, दक्षिणपन्थी अवसरवाद र संशोधनवादको सिकार बनेकाले पार्टीहरुले पटकपटक टुटफुट र विभाजन भोग्नु परेको नेकपा (मालेमा केन्द्र )को ठहर छ।
वर्तमान अवस्थामा दलाल पूँजीवाद र दक्षिणपन्थी अवसरवाद नै नेपाली कम्युनिस्ट आन्दोलन माथिको खतरा रहेको मालेमा केन्द्रका पोलिटव्युरो सदस्य क. नाम्गेल मोक्तान (कार्जिन)ले बताउनुभयो ।
केन्द्रले विचार मिल्ने कम्युनिस्ट पार्टी र घटकहरुबीचमा एकता प्रक्रिया जारी राख्ने समेत बताएको छ। केन्द्रले देशभित्र विचार मिल्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको साझा केन्द्र निर्माणको आवश्यकतामा जोड दिएको छ।