ककनी, नुवाकोट । नेकपा एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नुवाकोटको प्रथम जिल्ला भेला बागमती प्रदेशका अध्यक्ष एवम पूर्व मन्त्री केशवराज पाण्डेकाे प्रमुख आतिथ्यता र नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीकाे विशेष आतिथ्यतामा नुवाकोटको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र ककनीमा सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्दे प्रमुख अतिथि एवम बागमती प्रदेशका पुर्व मन्त्री केशव राज पाण्डेले नुवाकोटको समृद्धि र सामाजिक आर्थिक रुपान्तरणमा नवनिर्वाचित नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरेका थिए ।
सो भेलामा महासंघका केन्द्रीय सचिवालय सदस्य काशीराज अधिकारी, बागमती प्रदेश सदस्य तथा नुवाकोट इन्चार्ज नवराज तिवारी लगायतका व्यवसायीहरुकाे उपस्थिति रहेको थियो ।
भेलाले अध्यक्षमा गाेपी कँडेल, उपाध्यक्षमा ललित कुमार लामा, सचिवमा दिपक पाण्डे र काेषाध्यक्षमा पवन नेपाल सर्वसम्मत निर्वाचित गरेको छ ।
१२ वटै पालिकाबाट प्रतिनिधित्व हुने गरी सदस्यहरु समेत भेलाले चयन गरेको नवनिर्वाचित नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नुवाकोटका उपाध्यक्ष ललित कुमार लामाले जानकारी दिएका छन ।