Wednesday, September 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Times Asian
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
Times Asian
No Result
View All Result

खण्डग्रास सूर्यग्रहण आज, कहाँबाट हेर्न सकिन्छ ?

June 21, 2020
in Latest News
0
37
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : आज वर्षको पहिलो खण्डग्रास सूर्यग्रहण ३ घण्टा ३३ मिनेटसम्म लाग्नेछ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ । सूर्यग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम रहनेछ ।

सूर्यग्रहणका बेला गर्भवती महिला, बालबच्चा, रोगी र वृद्धवृद्धाले खुला आकाशमा सूर्यतर्फ हेर्न नहुने सुझाव ज्योतिषले दिएका छन् । सूर्यग्रहणको शूतक भने शनिबार राति १० बजेर ५० मिनेटदेखि नै सुरु भइसकेको छ ।

शास्त्रीय मान्यताअनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर ९१२ घण्टा० र चन्द्रग्रहणमा तीन प्रहर ९नौ घण्टा० अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् समेत रहेका गौतमले बताए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । यसै विश्वास अनुसार असार ६ गते राति १०ः५० बजेदेखि भोजन गर्नु हुँदैन ।

आइतबारको सूर्यग्रहण मृगशिरा र आद्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए ।

सूर्यग्रहणको फल राशि अनुसार फरक छ । मेष राशिकालाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्न मिल्ने छ । अरु आठ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने शास्त्रीय मान्यता छ । यस वर्ष नेपालबाट सूर्यग्रहण आइतबारको मात्र रहेको समितिले जनाएको छ ।

वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरीकाले सबैले ग्रहण हेर्न सकिने पनि नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

प्रदेश १ बाट सन् १९६५ नोभेम्बर २३ तारिखका दिन बिहान बलय ९पुरै सूर्य ढाक्ने० सूर्यग्रहण लागेको थियो । अब बलय सूर्यग्रहण सन् २०६४ फेब्रुअरी १७ मा प्रदेश नं १ कै दक्षिणपूर्वी भूभागबाट देखिने उनले सुनाए ।

सूर्यग्रहण विश्वका केही भागबाट पुरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिने छ । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिने जनाइएको छ।

आइतबारको ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने वरिष्ठ खगोलविद् एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले बताए ।

चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाको लागि अन्धो समेत हुन सक्छ । सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ ।

ग्रहण हेर्न बनाइएको विशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुँदैन । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाई छाया हेर्नु नै हो ।

ग्रहण सम्बन्धी अन्धविश्वास संसारभरी नै रहेको पाउन सकिन्छ । रोमन ग्रहणका वेला चिच्याउने गर्दछन् भने चीनमा ग्रहण र ड्र्यागन सँगको सम्बन्धमा विश्वास गर्दछन् । प्राचीन मिश्रका राजा आफैँ सूर्यवंशी थिए । सूर्यग्रहणका वेलामा उनी शहरको मुख्य मन्दिरमा परिक्रमा गरिरहन्थे भन्ने इतिहास भेटिन्छ ।

काठमाडौँबाट मध्याह्न १२ः४ बजे सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिनेछ । यसैकारण ग्रहणका समयमा वातावरणीय तापव्रmम घटेर चिसो अनुभव हुनेछ । त्यसदिन दुईपटक बिहान भएको पो हि कि भन्ने जस्तो महसुस हुने खगोलविद् आचार्यले बताए ।

कहाँबाट हेर्न सकिन्छ सूर्यग्रहण

सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लवले सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको जनाएको छ ।

यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युव च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्नेछ ।

Previous Post

कोरोना नियन्त्रणमा राप्ती नगरपालिकाको खर्च ८९ लाख

Next Post

मोटरसाइकल दुर्घटना हुँदा चितवनमा एकको मृत्यु

Times Asian

Times Asian

Next Post
मोटरसाइकल दुर्घटना हुँदा चितवनमा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा चितवनमा एकको मृत्यु

राप्तीमा पहिलो महिला क्‍वारेन्टिन

राप्तीमा पहिलो महिला क्‍वारेन्टिन

बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ' मैले बोलेको छैन ' सार्वजनिक

ऋचाको चलचित्र एप ‘चलचित्र टिभी’ सार्वजनिक

ऋचाको चलचित्र एप ‘चलचित्र टिभी’ सार्वजनिक

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Times Asian

Times Asian

Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.  

Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.

Categories

  • Bangladesh
  • Banking
  • Bhutan
  • Bollywood
  • Crime
  • Economics
  • Education
  • Entertainment
  • Film
  • Gossip
  • Highlights
  • India
  • Interesting News
  • International
  • Investment
  • Latest News
  • Lifestyle
  • Literature
  • Maldives
  • Market
  • Music
  • Nepal
  • Newspaper
  • Opinion
  • Other
  • Pakistan
  • Politics
  • Science
  • South Asia
  • Sports
  • Srilanka
  • Tourism
  • Uncategorized

Newsletter

Chairman : Sunita Bhandari

Chief Advisor: Ian Williams (New York) Editor in Chief : Raju Lama, Editor : Dawid Szabłowski (Europe), Editor : Md Abdur Rahman (South Asia), Advisor (France) : Jean-Yves Métayer Robbes, Editor: Scott Jacobsen (Canada/Ukraine), Editor: Vipin Dhulia (New Delhi), Editor : Ali Imran Chattha (Islamabad), Ayodeji Michael Adeboboye : Africa Editor, Khwala Tahiri: Middle East Editor

Email:timesasian.editor@gmail.com                     

SAARC Journalist Forum Welcomes U.S. Court Decision Blocking Visa Stay Restrictions for Journalists

September 15, 2026

BRICS New Delhi Summit: Global South Seeks a Stronger Voice in a Changing World

September 13, 2026

Ian Williams Appointed Chief Advisor to Times Asian, Bringing Decades of Global Journalism Experience

September 13, 2026

If my work improved their activity even by 1%, then I am honoured to have been of service: George Mihaita

September 15, 2026

Trump–Putin Hold Hour-Long Call as Washington Pushes for Ukraine Peace Deal

September 9, 2026

© timesasian 2026, All rights reserved. 

No Result
View All Result
  • Home
    • Opinion
      • Crime
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature