Saturday, June 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Times Asian
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
Times Asian
No Result
View All Result

राप्तीमा पहिलो महिला क्‍वारेन्टिन

June 22, 2020
in Latest News
0
109
SHARES
198
VIEWS
Share on FacebookShare on Twitter

चितवन । जिल्लामा पहिलोपटक महिला र बालबालिकाका लागि राप्ती नगरपालिकाले छुट्टै क्‍वारेन्टिनको व्यवस्था गरेको छ । राप्ती ६ मा रहेको भण्डारा माविमा महिला तथा बालबालिकाका लागि छुट्टै क्‍वारेन्टिनको व्यवस्था गरिएको हो ।

महिलामैत्री क्‍वारेन्टिनको सुविधा नभएको गुनासो आइरहेको समयमा राप्ति नगरपालिकाले भण्डारा माविमा ५० शय्याको महिलामैत्री क्‍वारेन्टिनको व्यवस्था गरेको हो । तत्कालका लागि ३० शय्याको क्‍वारेन्टिनको व्यवस्था भए पनि ५० शय्या पुर्‍याइने नगरपालिका प्रमुख प्रभा बरालले बताइन् । बरालका अनुसार महिला तथा बालबालिकाका लागि छुट्टै क्‍वारेन्टिन निर्माण गरी सुरक्षाका लागि महिला प्रहरीको व्यवस्थापन गरिनेछ ।

तेस्रो मुलुकका नेपाली आउने क्रम जारी रहेकाले उनीहरुको व्यवस्थापनका लागि वडाध्यक्ष जल्लु चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ । यस पालिकाबाट हालसम्म १२१ जना क्‍वारेन्टिनको समय अवधि पूरा गरेर घर फर्किएका छन् भने अहिले ५३ जना क्‍वारेन्टिनमा रहेका छन् । तीमध्ये १० महिला छन् । उनीहरु अहिले बसिरहेको ठाउँमा बस्ने छन् भने अब आउने महिलााई सो क्‍वारेन्टिनमा राखिने उनले बताए ।

राप्ती नगरपालिकामा तीन स्थानमा रहेको क्‍वारेन्टिनमा मानिस बसिरहेका छन् भने १३ स्थानमा तयारी गरिएको छ । यस नगरपालिकामा जिल्लामा पहिलो पटक विदेशबाट आएका दुई जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

कोरोना अस्पताल मर्मत गरी तयारी अवस्थामा राखिने
भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको मर्मत गरी तयारी अवस्थामा राखिने भएको छ । नुहाउने ठाउँबाट पानी बाहिर गएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिएको थियो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार सो क्षेत्रमा निर्मलीकरणको काम आइतबार सम्पन्‍न भएको छ । आजै प्राविधिक समूहले निरीक्षण गरी आवश्यक मर्मतसम्भार गरिने उनले जानकारी दिए । मर्मत-सम्भारका लागि आवश्यक सहयोग गर्न भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति तयार रहेको जनाएका छन् ।

धेरै खर्च लागे स्थानीय तहसँग समन्वय गर्न सकिने भए पनि न्यून खर्चका लागि भरतपुर अस्पतालले बेहोरेर मर्मतसम्भार गर्ने तयारी गरेको छ । सो अस्पतालको पाँच कोठामध्ये एउटा कोठामा बाहिर पानी आएको हो । एउटा कोठामा १० वटा शय्या राखिएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बिरामी थप भए राख्‍नका लागि कोरोना अस्पताल तयारी अवस्थामा राखिने बताए ।

अस्पतालमा देखिएका समस्या समाधान गरेर तयारी अवस्थामा राखिनेछ । सरकारले कोरोना सङ्क्रमितको उपचारको पहिलो तह भरतपुर कोरोना अस्पताललाई तोकेको छ । दोस्रो भरतपुर अस्पताल हो भने तेस्रो शिक्षण अस्पताल काठमाडौँ हो । तिवारीले लक्षण नदेखिएका सङ्क्रमितलाई कोरोना अस्पतालमा राख्‍न सकिने बताए । हाल भरतपुर अस्पतालको आइसोलेसनमा २७ जना सङ्क्रमित छन् । अस्पतालको आइसोलेसनमा ७५ जना अट्ने क्षमता छ । त्यसमध्ये १० शय्या सघन उपचार कक्ष हो ।

भरतपुर महानगरपालिकाको अगुवाइमा भरतपुर कोरोना अस्पताल स्थापना गरी सञ्चालनका लागि वैशाख १ गते भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको थियो । भरतपुर अस्पतालमा सङ्क्रमित सारिएको भए पनि उनीहरुलाई छुट्टै प्रवेशद्वार, बाटो र एक तल्ला सिल गरेर सुरक्षित ढङ्‍गले राखिएको छ । -रासस

Previous Post

मोटरसाइकल दुर्घटना हुँदा चितवनमा एकको मृत्यु

Next Post

बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ' मैले बोलेको छैन ' सार्वजनिक

Times Asian

Times Asian

Next Post
बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ' मैले बोलेको छैन ' सार्वजनिक

ऋचाको चलचित्र एप ‘चलचित्र टिभी’ सार्वजनिक

ऋचाको चलचित्र एप ‘चलचित्र टिभी’ सार्वजनिक

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

प्रमुख दलका शीर्ष नेतालाई राष्ट्रपति भण्डारीले बोलाइन् शीतल निवास

प्रमुख दलका शीर्ष नेतालाई राष्ट्रपति भण्डारीले बोलाइन् शीतल निवास

दुई अध्यक्षले बोलेपछि नेकपा बैठक पर्सीसम्मका लागि स्थगित

दुई अध्यक्षले बोलेपछि नेकपा बैठक पर्सीसम्मका लागि स्थगित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Times Asian

Times Asian

Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.  

Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.

Categories

  • Bangladesh
  • Banking
  • Bhutan
  • Bollywood
  • Crime
  • Economics
  • Education
  • Entertainment
  • Film
  • Gossip
  • Highlights
  • India
  • Interesting News
  • International
  • Investment
  • Latest News
  • Lifestyle
  • Literature
  • Maldives
  • Market
  • Music
  • Nepal
  • Newspaper
  • Opinion
  • Other
  • Pakistan
  • Politics
  • Science
  • South Asia
  • Sports
  • Srilanka
  • Tourism
  • Uncategorized

Newsletter

Chairman : Sunita Bhandari                                                Editor in Chief : Raju Lama (New York)                              Editor : Dawid Szabłowski (Europe)                                Editor : Md Abdur Rahman (South Asia)                              Sub Editor : Vipin Dhulia (New Delhi)                                    Sub Editor : Ali Imran Chattha ( Islamabad)                           Email : timesasian.editor@gmail.com                     

FIFA World Cup 2026 Kicks Off Today

June 12, 2026

U.S. President Trump: “Iran Will Never Have a Nuclear Weapon”

June 12, 2026

President Trump Claims U.S. Will Launch Major Attack on Iran Tonight

June 12, 2026

US President Trump Congratulates Indian PM Modi on Historic Milestone

June 12, 2026

US Airstrikes Against Iran Signal Renewed Tension in the Middle East

June 11, 2026

© timesasian 2026, All rights reserved. 

No Result
View All Result
  • Home
    • Opinion
      • Crime
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature