Saturday, June 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Times Asian
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
Times Asian
No Result
View All Result

ऋचाको चलचित्र एप ‘चलचित्र टिभी’ सार्वजनिक

June 24, 2020
in Film
0
55
SHARES
100
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली चलचित्रलाई लक्षित गर्दै नयाँ चलचित्र एप रिलिज भएको छ । नायिका ऋचा शर्मा लगायत केही आईटीमा आवद्ध व्यक्तिहरुको समूहले नयाँ चलचित्र एप सार्वजनिक गरेको हो ।

‘चलचित्र टिभी’ नामक एप आज विहान सार्वजनिक गरिएको नायिका ऋचाले जानकारी दिइन् । www.chalchitra.tv  लग इन गरेर एपमा जान सकिने उनले बताइन् ।

आजबाटै चलचित्र हेर्न सक्ने व्यवस्था मिलाउने तयारी गरिए पनि केही समस्याका कारण चलचित्र हेर्न भने समय लाग्ने उनले जानकारी दिइन् ।

“हाम्रो एपमा आजबाट दर्शकले चलचित्र हेर्न सक्ने व्यवस्था मिलाउने तयारी थियो । तर कोभिड–१९ का कारण निर्माण कम्पनीले केही ढिलो गरेका कारण अझै दुई हप्ता लाग्ने भयो,” ऋचा बाह्रखरीसँग भन्छिन्, “तर अहिलेबाट नै एपमा गएर दर्शकले हामीले एपमा राख्न लागेको चलचित्रको प्रि–भ्यू तथा ट्रेलरहरु हेर्नसक्नु हुनेछ ।”

उनले एप निर्माणका लागि दुइटा चलचित्र खरिदसहित ६० लाख रुपैयाँ खर्च लागेको बताइन् । “नेपालमा एउटा विश्वासिलो चलचित्र एपको आवश्यकतालाई लक्षित गर्दै हामीले यो चलचित्र टिभी एप निर्माण गरेका हौं । पक्कै पनि हाम्रो उद्देश्य पूरा हुने छ,” उनले भनिन्, “नेपाली चलचित्रलाई डिजिटल प्लेटफर्ममा आकर्षित गर्न महत्पूर्ण भूमिका खेल्छ भन्ने हाम्रो विश्वास पनि छ ।”

‘चलचित्र टिभी’ एपमा सुरुमा कलाकार, निर्माता तथा निर्देशक दीपकराज गिरीका दुई चलचित्र ‘छक्का पञ्जा–३’ र ‘छ माया छपक्कै’ राखिने छ ।

दुईवटै चलचित्र स्वदेश तथा विदेशका दर्शकले हेर्न सक्नेछन् । ‘छक्का पञ्जा–३’ र ‘छ माया छपक्कै’ ‘चलचित्र टिभी एप’मार्फत सार्वजनिक हुन लागेको दीपकराज गिरीले पनि पुष्टी गरिसकेका छन् ।
तोकिएको रकम तिरेपछि दर्शकले चलचित्र हेर्न पाउने छन् ।

यी दुई चलचित्रबाट एड्भान्स स्वरुप दीपकसहितको निर्माण समूहले २० लाख रुपैयाँ लिएको छ । “अहिले एड्भान्सका रुपमा २० लाख रुपैयाँ लिएका छौं,” दीपक बाह्रखरीसँग भन्छन्, “बाँकी ६०/४० मा सम्झौता गरेका छौं ।” उठेको कलेक्सनको ६० प्रतिशत चलचित्रको निर्माण समूहले लिने छ भने बाँकी ४० प्रतिशत ‘चलचित्र टिभी एप’को हुनेछ ।

नेपालमा एउटा बलियो चलचित्रको डिजिटल एपको आवश्यकता रहेको भन्दै उनले यो एपलाई आफूले भोलिका दिनमा सशक्त र भरपर्दो एपका रुपमा हेरेको बताए । “नेपालमा एप नभएका होइनन्, तर विश्वास योग्य भएनन् । तर यसले सुरुमै २० लाख खर्च गरेर चलचित्र किन्ने आँट गरेकाले पक्कै पनि राम्रो बनाउनु भएको छ भन्ने विश्वास लागेर बेचेका हौं,” उनले भने, “आन्तरिक रुपमा परीक्षण गरेर पाइरेसी गर्न नसक्ने गरी भरपर्दो बनाएका छौं भनेपछि बेचेका हौं ।”

नेपाली चलचित्र तत्काल नेटफ्लिक्स तथा अमेजनमा जान नसक्ने भएकाले नेपालमै बलियो र लोकप्रिय चलचित्र एपको आवश्यकता रहेको भन्दै दीपक यो आवश्यकतालाई ध्यानमा राखेर आफूले ‘चलचित्र टिभी एप’सँग सहकार्य गरेको बताउँछन् ।

प्रायः युट्युबमा अपलोड हुने नेपाली चलचित्रबाट निकै कम पैसा आउँदा निर्मातालाई फाइदा हुने गरेको छैन । त्यसैले अब नेपाली चलचित्र पनि एपमा जानुपर्ने र यसका लागि भरपर्दो डिजिटल प्लेटफर्मको आवश्यकता रहेको चलचित्रकर्मीहरु बताउँदै आएका छन् ।

‘छक्का पञ्जा–३’ दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र हो भने ‘छ माया छपक्कै’ दीपेन्द्र लामा निर्देशित चलचित्र हो । यी दुवै चलचित्र वर्षकै सर्वाधिक ग्रस कलेक्सन गरेका चलचित्र हुन् ।

Previous Post

बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ' मैले बोलेको छैन ' सार्वजनिक

Next Post

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

Times Asian

Times Asian

Next Post
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

प्रमुख दलका शीर्ष नेतालाई राष्ट्रपति भण्डारीले बोलाइन् शीतल निवास

प्रमुख दलका शीर्ष नेतालाई राष्ट्रपति भण्डारीले बोलाइन् शीतल निवास

दुई अध्यक्षले बोलेपछि नेकपा बैठक पर्सीसम्मका लागि स्थगित

दुई अध्यक्षले बोलेपछि नेकपा बैठक पर्सीसम्मका लागि स्थगित

राप्ती नगरपालिकाले ल्यायो ८२ करोडको बजेट, कार्यन्वयनमा जोड दिनु : मन्त्री लामा

राप्ती नगरपालिकाले ल्यायो ८२ करोडको बजेट, कार्यन्वयनमा जोड दिनु : मन्त्री लामा

रुकुम हत्या काण्ड: २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

रुकुम हत्या काण्ड: २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Times Asian

Times Asian

Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.  

Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.

Categories

  • Bangladesh
  • Banking
  • Bhutan
  • Bollywood
  • Crime
  • Economics
  • Education
  • Entertainment
  • Film
  • Gossip
  • Highlights
  • India
  • Interesting News
  • International
  • Investment
  • Latest News
  • Lifestyle
  • Literature
  • Maldives
  • Market
  • Music
  • Nepal
  • Newspaper
  • Opinion
  • Other
  • Pakistan
  • Politics
  • Science
  • South Asia
  • Sports
  • Srilanka
  • Tourism
  • Uncategorized

Newsletter

Chairman : Sunita Bhandari                                                Editor in Chief : Raju Lama (New York)                              Editor : Dawid Szabłowski (Europe)                                Editor : Md Abdur Rahman (South Asia)                              Sub Editor : Vipin Dhulia (New Delhi)                                    Sub Editor : Ali Imran Chattha ( Islamabad)                           Email : timesasian.editor@gmail.com                     

FIFA World Cup 2026 Kicks Off Today

June 12, 2026

U.S. President Trump: “Iran Will Never Have a Nuclear Weapon”

June 12, 2026

President Trump Claims U.S. Will Launch Major Attack on Iran Tonight

June 12, 2026

US President Trump Congratulates Indian PM Modi on Historic Milestone

June 12, 2026

US Airstrikes Against Iran Signal Renewed Tension in the Middle East

June 11, 2026

© timesasian 2026, All rights reserved. 

No Result
View All Result
  • Home
    • Opinion
      • Crime
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature