काठमाण्डौ । स्थायित्व र समृद्धिको निम्ति नयाँ संसदको स्थापना अहिलेको राजनीतिक आवश्यकता भएको गृहमन्त्री राम बहादुर थापा बादलले बताएका छन् ।
नेकपा काठमाण्डौ क्षेत्र नं 3 को भेलालाई सम्बोधन गर्दे नेकपा सचिवालय सदस्य समेत रहेका नेता थापाले सो कुरा बताएका हुन् ।
गृहमन्त्री थापाले 165 वटै निर्वाचन क्षेत्र प्रतिक्रांतिलाई परास्त गर्ने युद्ध मोर्चा भएकाले सबै क्षेत्रमा जनताको बीचमा जान कार्यकर्तालाई आग्रह गरे ।
उनले प्रतिगामी र प्रतिक्रांतिकारी शक्तिहरु संसद पुनर्स्थापना गर्न लागिपरेकाले अग्रगमनका निम्ति नयाँ जनादेशको विकल्प नभएको दाबी गरे ।
अवसरवादी र प्रतिक्रियावादीको षडयन्त्रलाई चकनाचुर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान बमोजिम नै संसद बिघटन गरेको उनको भनाई थियो ।
नेता थापाले कम्युनिस्ट पार्टीको एकता र बिजय जनताको बीचमा गएर मात्र सम्भव हुने दावी गरे ।





