काठमाडौं । कम्युनिष्ट लिग अफ शैलुङ केन्द्रिय कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी विवादित बनेको अमेरिकी सहयोग एमसिसी खारेजीको माग गरेको छ । विज्ञप्तिमा उक्त सहयोग नेपाल राष्ट्र र नेपाली जनताको हित विपरित भएकाले खारेजीको माग गरेको उल्लेख गरिएको छ ।
यसै गरी विज्ञप्तिमा अनियन्त्रित रुपमा बढेको महंगीले नेपाली जनतालाई ठूलो मर्का पर्दा पनि सरकार मौन रहेकोमा आपत्ति जनाइएको छ । ब्यापारीहरुले आफू खुसी मूल्य वृद्धि गर्दासमेत सरकारले नियन्त्रण गर्न रुची नदेखाएकोमा विज्ञप्तिमा आपत्ति जनाइएको छ ।
विज्ञप्तिमा दैनिक उपभोग्य वस्तुलगायत सबै क्षेत्रमा अस्वाभाविक मूल्य वृद्धि हुँदासमेत सरकार र सम्बन्धित निकाय मौन रहनु भनेको आफ्नो दायित्वबाट पन्छिन खोजेको आरोप लगाइएको छ ।
विज्ञप्तिमा एमसीसीको बिरोधमा उत्रिएका जन समूदाय माथि प्रहरीबाट भएको धरपकड र ज्यादतीको बिरोध गर्दे घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
साथै विज्ञप्तिको अन्त्यमा एमसिसी खारेज गर्न, घाइतेहरुको निशुल्क उपचार गर्न र महंगी नियन्त्रण गर्न जोडदार माग गरेको छ ।