काठमाण्डौं । पदमशाल स्थित गुम्बामा गुरु रिन्पोछे “पद्मसम्भव” को जन्मजयन्ती भव्य रुपमा मनाइएको छ । काठमाण्डौंको तारकेश्वर नगरपालिका स्थित पदमशालको गुम्बामा स्थानीय तामाङ समुदायले गुरु रिन्पोछेको जन्मजयन्ती मनाएका हुन् । गुरु रिन्पोछेको जन्मजयन्तीको अवसरमा लामाहरुले पुजा पाठ गर्नुका साथै केक काटेर प्रसाद वितरण गरिएको थियो । सो अवसरमा लामा गुरुद्वारा गुरु रिन्पोछेको जीवनी र मानव जाति र बुद्ध धर्ममा उनले पुर्याएको योगदानको बिषयमा पनि चर्चा गरिएको थियो ।
गुरु रिन्पोछे “पद्मसम्भव” को आज कै तिथि अर्थात श्रावण महिनाको दशमीमा जन्मजयन्ती पर्ने भएकाले प्रत्येक बर्ष यसै दिन बिश्वभर बिभिन्न गुम्बाहरुमा लामाहरु र उनका अनुयायीहरुले पुजा पाठ गर्दे जन्मजयन्ती मनाउने गर्दछन्।
Times Asian
Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.
Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.