ककनी । समाजसेवी स्वर्गीय नेत्र बहादुर तामाङको स्मृतिमा छ्योर्तेन(माने) निर्माण कार्य शुभारम्भ गरिएको छ । नुवाकोट जिल्ला स्थित ककनी गाउँपालिका ५ लाँकूरेमा समाजसेवी एवम राजनीतिज्ञ स्वर्गीय नेत्र बहादुर तामाङको स्मृतिमा नेत्र स्मृति प्रतिष्ठानको पहलमा छ्योर्तेन निर्माण गर्न लागिएको हो । नेत्र स्मृति प्रतिष्ठानका संयोजक एवम तामाङका जेष्ठ पुत्र सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले छ्योर्तेन निर्माणमा सहयोग गर्नुहुने सम्पूर्णमा आभार एवम कृतज्ञता ब्यक्त गर्दे समाजका हरेक तह र तप्काबाट छ्योर्तेन निर्माणमा सहयोग पुग्ने बताएका छन् । नेत्र स्मृति प्रतिष्ठानको पहलमा निर्माण गर्न लागिएको छ्योर्तेनको पुजा लामा गुरु राम लामाले गरेका थिए ।
करीब १० लाखको लागतमा निर्माण गर्न लागिएको छ्योर्तेन निर्माणको जिम्मेवारी प्रेम जिम्बा र कृष्ण कुमार लामाले लिएको प्रतिष्ठानका संयोजक राजु लामाले जानकारी दिएका छन । छ्योर्तेन निर्माणमा तामाङका ६ जना छोराहरु, ५ जना बुहारीहरु, ७ जना छोरी र ३ जना ज्वाईहरु अन्य दाजु भाई र इष्टमित्र साथै समाजका अन्य ब्यक्तिहरुले समेत स्वतःस्फूर्त सहयोग गरिरहेको तामाङका साहिला छोरा एवम प्रतिष्ठानका सदस्य कबिन्द्र लामाले बताएका छन् ।