Wednesday, September 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Times Asian
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
Times Asian
No Result
View All Result

अमेरिकाबाट नेपाल फर्किन १६ सय डलर लाग्ने

September 24, 2020
in Entertainment, Latest News
0
45
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

बष्टन, (अमेरिका) । कोभिड १९ का कारण स्वदेश फर्किन नपाएका नेपालीहरुका लागि सरकारले व्यवस्था गरेको चार्टड फ्लाइटको उडान आगामी जुन २३ र २५ मा हुने भएको छ ।  अमेरिकाको वासिङ्गटन डीसीस्थित नेपाली राजदूतावासले सोमबार प्रकाशित गरेको सूचनाअनुसार चार्टड फ्लाइटमा नेपाल लैजान टर्किस एयरलाइन्स र कतार एयरवेजका विमान प्रयोग हुनेछन् ।

टर्किस एयरलाइन्सबाट नेपाल फर्किन प्रतिव्यक्ति १५ सय ३७ डलर र कतार एयरलाइन्सबाट नेपाल फर्किनका लागि १६ सय डलर शुल्क नेपाल सरकारले निर्धारण गरेको छ ।  यति रकमले सामान्य अवस्थामा नेपाल अमेरिका दुइतर्फी टिकट किन्न पुग्थ्यो ।  सामान्य अवस्थाभन्दा यो भाडा दोब्बरभन्दा पनि केही महँगो हो ।

दूतावासको जानकारीअनुसार टर्किस एयरलाइन्सले यात्रुहरुलाई न्यूयोर्क र सिकागोबाट नेपालतर्फ उडाउने छ भने कतार एयरवेजले वासिङ्टन डिसी र टेक्सासको डालसबाट उडाउने छ ।   यसअघि नेपाल एयरलाइन्सको जहाज पनि अमेरिकामा रहेका नेपाली लिन जाने तयारी गरिएको थियो ।

एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले २५ जुनमा अमेरिकाको लस एन्जलसमा जाने तयारी भएको जानकारी गराइन् ।  “उडान अनुमतिको प्रयास भइरहेको छ । अनुमति आयो भने जान्छौं । अहिलेसम्म अमेरिकामा फ्लाइट गराएका छैनौं । त्यहाँ जाने हाम्रो चाहना पनि छ,” उनले भनिन् । हवाइ यात्रको लागि नेपाली राहदानी वा नेपाल सरकारबाट जारी भएको यात्रा अनुमतिपत्र अनिवार्य रुपमा साथमा हुनुपर्ने र पीसीआर वा आरडीटी टेस्ट नेगेटिभ भएको कागज वा कोभिड १९ को लक्षण नभएको स्वास्थकर्मीद्वारा लेखिएको कागज साथमा हुनैपर्ने दूतावासले जनाएको छ ।

दूतावासका इकोनोमिक काउन्सेलर होमकान्त भण्डारीका अनुसार कोभिड नेगेटिभ प्रमाण सात दिनभन्दा पुरानो हुनु हुँदैन ।  कोभिड टेस्ट गर्नुपर्ने नियम व्यवहारिक नभएको गुनासो गैर आवासीय नेपाली संगठन अमेरिका (एनआरएनए)का वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडेले बताए ।

उनले भने, “अमेरिकामा कोभिड टेस्ट गर्ने प्रकृया झन्झटिलो छ र केही नभइकन त्यतिकै टेस्ट गर्न सजिलो छैन ।”  सरकारले टर्किस एयरलाइन्सबाट टिकट बुकिङ गर्नका लागि सी लिङ्क्स ट्राभल एण्ड टुर्समा सम्पर्क गर्नुपर्ने जनाएको छ भने कतार एयरलाइन्सबाट बुकिङ गर्न ट्राभल एजेन्सी पछि तय गरिने उल्लेख गरेको छ ।

२२ करोड २६ लाख रुपैयाँको उडान

इकोनोमिक काउन्सिलर भण्डारीका अनुसार चार्टड फ्लाइटहरुले ११ सय ७० जना व्यक्तिहरुलाई नेपाल लिएर जाने छन् ।  यो संख्यालाई टर्किसबाट र कतार एयरलाइन्सबाट लगिने मानिसको संख्या बराबर भाग लगाउने हो भने ५ सय ८५ हुन आउँछ ।  यसरी यी दुईवटा एयरलाइन्सहरुले चारवटा चार्टड फ्लाइटबाट १८ लाख ३५ हजार १ सय ४५ डलर आम्दानी गर्नेछन् । जुन नेपाली रुपैयाँमा २२ करोड २६ लाख ७६ हजार ५ सय हुन आउँछ ।

कस्ता छन् फर्किन चाहनेहरु

एनआरएनलएले प्रारम्भिक अवस्थामा संकलन गरेको तथ्यांकलाई केलाउँदा नेपाल फर्कन चाहनेहरुमा सबैभन्दा बढी ४६ देखि ६४ वर्ष उमेर समूहका नेपालीहरु रहेका छन् ।  फर्किन चाहनेमा उनीहरु ४५ प्रतिशत रहेका छन् । एनआरएनएका अनुसार नेपाल फर्किनका लागि ९ सय ९२ व्यक्तिहरुले अनुरोध गरेका थिए ।

त्यस्तै १८ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरु ३१ प्रतिशत र  ६५ वर्ष भन्दा बढी उमेरका व्यक्तिहरु २० प्रतिशत छन् ।  फर्कन चाहनेहरुमा महिला ४८ दशमलव ८ प्रतिशत छन् भने पुरुष ५१ दशमलव २ प्रतिशत छन् ।  नेपाल फर्किन चाहनेहरु सबैभन्दा बढी टेक्सासमा र त्यसपछि क्यालिफोर्निया र न्यूयोर्क तथा भर्जिनियामा क्रमशः छन् ।

नेपाली नागरिक मात्र

अमेरिकाको नागरिकता लिइसकेका व्यक्ति पारिवारिक कारणले नेपाल फर्किन चाहेमा चार्टड प्लेनमा फर्कन पाउने कि नपाउने भन्नेमा दूतावासको सूचना मौन छ ।  इकोनोमिक काउन्सिलर भण्डारीले भने, “चार्टड प्लेनबाट फर्किने व्यवस्था नेपाली नागरिकको लागि मात्र हो ।”

उनले थपे, “नेपाली मूलका अमेरिकी नागरिकले आवेदन फाराम भरे पनि उनीहरु प्राथमिकतामा छैनन् ।” अमेरिकी नागरिककहरुले पनि फाराम भरेको बन्जाडेले बताए । उनले भने, “तर नेपाली नागरिकहरुको तुलनामा अमेरिकी नागरिकता लिएका नेपालीहरुको संख्या न्यून छ ।”

यस्तो छ दूतावासको सूचना

Previous Post

नारायणगढ–मुग्लिनको धसिएको सडक बनेन

Next Post

कोरोना कम गर्न मास्क नै सबैभन्दा उपयुक्त

Times Asian

Times Asian

Next Post
कोरोना कम गर्न मास्क नै सबैभन्दा उपयुक्त

कोरोना कम गर्न मास्क नै सबैभन्दा उपयुक्त

घट्यो बिजुलीको भाउ

घट्यो बिजुलीको भाउ

भीमफेदी–कुलेखानी र कान्तिराजपथ अवरुद्ध

भीमफेदी–कुलेखानी र कान्तिराजपथ अवरुद्ध

राष्ट्रियसभाबाट पनि पारित संविधान संशोधन प्रमाणिकरणका लागि आजै राष्ट्रपति समक्ष पठाइने

राष्ट्रियसभाबाट पनि पारित संविधान संशोधन प्रमाणिकरणका लागि आजै राष्ट्रपति समक्ष पठाइने

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Times Asian

Times Asian

Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.  

Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.

Categories

  • Bangladesh
  • Banking
  • Bhutan
  • Bollywood
  • Crime
  • Economics
  • Education
  • Entertainment
  • Film
  • Gossip
  • Highlights
  • India
  • Interesting News
  • International
  • Investment
  • Latest News
  • Lifestyle
  • Literature
  • Maldives
  • Market
  • Music
  • Nepal
  • Newspaper
  • Opinion
  • Other
  • Pakistan
  • Politics
  • Science
  • South Asia
  • Sports
  • Srilanka
  • Tourism
  • Uncategorized

Newsletter

Chairman : Sunita Bhandari

Chief Advisor: Ian Williams (New York) Editor in Chief : Raju Lama, Editor : Dawid Szabłowski (Europe), Editor : Md Abdur Rahman (South Asia), Advisor (France) : Jean-Yves Métayer Robbes, Editor: Scott Jacobsen (Canada/Ukraine), Editor: Vipin Dhulia (New Delhi), Editor : Ali Imran Chattha (Islamabad), Ayodeji Michael Adeboboye : Africa Editor, Khwala Tahiri: Middle East Editor

Email:timesasian.editor@gmail.com                     

SAARC Journalist Forum Welcomes U.S. Court Decision Blocking Visa Stay Restrictions for Journalists

September 15, 2026

BRICS New Delhi Summit: Global South Seeks a Stronger Voice in a Changing World

September 13, 2026

Ian Williams Appointed Chief Advisor to Times Asian, Bringing Decades of Global Journalism Experience

September 13, 2026

If my work improved their activity even by 1%, then I am honoured to have been of service: George Mihaita

September 15, 2026

Trump–Putin Hold Hour-Long Call as Washington Pushes for Ukraine Peace Deal

September 9, 2026

© timesasian 2026, All rights reserved. 

No Result
View All Result
  • Home
    • Opinion
      • Crime
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature