काठमाण्डौ । नयाँ संसदको स्थापना अहिले राष्ट्रको मार्गचित्र रहेको गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले बताउनुभएको छ।
ललितपुर महानगरपालिका स्तरीय नेकपा कार्यकर्ता भेलालाई संबोधन गर्दे नेकपा सचिवालय सदस्य समेत रहनुभएका गृहमन्त्री थापाले सो कुरा बताउनुभएको हो।
“एउटा गुट आफ्नो महत्वाकांक्षा पुरा गर्न पार्टी फुटाउन र राष्ट्रलाई अस्थिरता तर्फ धकेलन लागिरहेको छ,” गृहमन्त्री थापाले प्रचण्ड- नेपाल समूह प्रति लक्षित गर्दे बताउनुभयो ।
बिदेशी प्रतिक्रियावादीको डिजाइन र सो अन्तर्गत केही नेताको असन्तुष्टी र कुण्ठाका कारण संसद बिघटन हुन पुगेको नेता थापाले प्रष्ट पार्नुभयो । नयाँ चुनाव मार्फत जनताको बिचबाट फुट परस्त र अस्थिरताको पराजय गर्नुपर्ने उहाँको भनाई थियो ।
भेलालाई संबोधन गर्दे शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले माधव र प्रचण्डले देशलाई बरबादी तिर धकेलेको आरोप लगाउनुभयो ।