मुम्बई । महाराष्ट्रका राज्यपाल भगतसिंह कोश्यारीले नेपालका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न अस्वीकार गरेका छन् । प्रचण्ड पत्नी सिता दाहालको हाल मुम्बईको न्यूरोजेन ब्रेन र स्पाइनल इन्स्टिच्युटमा उपचार भइरहेको छ।
नेकपा अध्यक्ष समेत रहेका दाहाल श्रीमती सीता दाहालको उपचारका लागि छोरी गंगा दाहालसँगै मुम्बईमा छन्। नेपालमा बर्तमान राजनीतिक संकट र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको बारेमा भारत सरकारसँग दाहालले कोश्यारी मार्फत छलफल गर्न चाहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् I
दाहालले मुम्बई पुग्ने बित्तिकै राज्यपाल कोशीयारीलाई भेट्ने इच्छा व्यक्त गरे पनि राज्यपाल कोश्यारीले प्रचण्डलाई भेटने अनिक्षा प्रकट गर्दे टेलिफोनबाट आफ्ना सबै विचार र परामर्श गर्न दिन सहमत भएको बुझिएको छ ।
महाराष्ट्रका बर्तमान गर्वनर कोश्यारी सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) का पूर्व उपाध्यक्ष समेत हुन् भने उनी नेपाल हेर्ने भाजपा पुर्व प्रमुख समेत हुन्।
प्रचण्डले भारतीय पक्षबाट प्रधानमन्त्री ओलीको बिरूद्ध भारतको सहयोगको अपेक्षा सहित राज्यपाल भगतसिंह कोशियारीमार्फत भारत सरकारलाई विश्वस्त पार्न खोजेको समेत भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
प्रचण्डले भारतीय नेताहरुसँग खासै महत्वपूर्ण छलफल गर्न नपाएपछि उनी आज नै स्वदेश फर्कन लागेको बताईएको छ ।