काठमाण्डौ । बिरु तामाङ सुदिपको संयोजकत्वमा राष्ट्रीय युवा संघ घोषणा गरिएको छ । बिहिबार उनीहरूले प्रेस विज्ञप्ति मार्फत प्रचण्डको साथ छोडेको प्रमाण दिएका हुन् ।
वाईसियलका बरिष्ठ उपाध्यक्ष बिरु तामाङ, उपाध्यक्ष सुमित तामाङ, उपाध्यक्ष गंगा कार्की, केन्द्रीय सचिव सुवित ढुङ्गाना सहित ३३ जनाले प्रचण्ड समूह छोडेको सचिब ढुङ्गानाले बताए ।
‘पदको लालसामा प्रचण्डले माओबादी आन्दोलन छिन्नभिन्न पार्नुभयो,’ उनले भने,’अब हामीले प्रचण्डको साथ छोड्यौँ,’ आफुहरु अब गृहमन्त्री राम बहादुर थापा ( बादल) समेत रहेको ओली समुहमा समाहित भएको उनले जानकारी दिए।
पुर्व माओबादी लडाकु समेत रहेका उनीहरु यस अघि राष्ट्रीय युवा संघ नेपालको केन्द्रीय कमिटिमा थिए।
आज काठमाण्डौमा बसेको वाईसियलको केन्द्रीय समन्वय समितीको बैठकले बिरु तामाङ सुदिपको संयोजकत्वमा ९९ सदस्सीय केन्द्रीय समन्वय समिति चयन समेत गरेको छ। साथै सात वटै प्रदेशमा संयोजक समेत बैठकले तोकेको छ।