काठमाडौं। तारकेश्वर नगरपालिका २ पदमसालमा भीमेश्वर (भिमसेन) मन्दिरको विधिवत रुपमा उद्घाटन भएको छ । तारकेश्वर नगरपालिका वडा नं २ का वडाध्यक्ष राधा कृष्ण खड्गीबाट सो मन्दिरको उद्घाटन गरिएको हो ।

मन्दिरको निर्माण २०७७ जेष्ठ २१ गते प्रारम्भ गरिएको थियो । स्थानीय सरकार र सर्वसाधारण भक्तजनहरुको आर्थिक सहयोगमा मन्दिर निर्माण सम्पन्न गरिएको मन्दिर निर्माण समितिका उपाध्यक्ष कृष्ण मोक्तानले जानकारी दिए ।
मन्दिरको निर्माण सम्पन्न भई विधिवत रुपमा उद्घाटन भएकाले सर्वसाधारण भक्तजनहरुका निम्ति मन्दिर खुला गरिएको र सञ्चालनमा रहेको समितिका अध्यक्ष राम शरण तामाङले बताए।
भीमेश्वर मन्दिर पदमसालमा ऐतिहासिक र धार्मिक दृष्टिकोणले अत्यन्तै मनमोहक स्थानमा निर्माण गरिएको सर्वसाधारण भक्तजनहरुले बताएका छन्।