काबुल। गुल मोहम्मद ग्रानको अध्यक्षतामा सार्क पत्रकार मञ्च, एसजेएफ अफगानिस्तान शाखा गठन गरिएको छ। गुल मोहम्मद ग्रान अफगानिस्तानका वरिष्ठ पत्रकार हुन्।
त्यस्तै, सार्क पत्रकार मञ्च, एसजेएफको अफगानिस्तान शाखाको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा अन्य वरिष्ठ पत्रकारहरु बेनजिर बक्तास, अमिना अजिजी, नुरुल्लाह स्तानिकजाई र सादिकउल्लाह पोपल निर्वाचित भएका छन् ।
गुल अहमद एहसान, सीरत नूरी, जमीर साफी, इस्मत मोरादी र इक्रामुल्लाह इक्राम एसजेएफ अफगानिस्तान शाखाको सदस्यमा छनोट भएका छन्।

सार्क पत्रकार मञ्च, एसजेएफ अफगानिस्तान शाखाको इन्चार्जमा खलील ओमादलाई नियुक्त गरेको छ। ओमाद एसजेएफको कार्यकारी समितिका सचिव पनि हुन् ।
सार्क पत्रकार मञ्च, एसजेएफ कार्यकारी समितिका अध्यक्ष राजु लामा, उपाध्यक्ष रामनाथ विद्रोही र महासचिव एमडी अब्दुर रहमानले एसजेएफ अफगानिस्तान शाखाका नवनिर्वाचित नेताहरूलाई बधाई दिँदै सफल कार्यकालको कामना समेत गरेका छन्।
सार्क पत्रकार मञ्च, एसजेएफ सार्क राष्ट्रहरूमा पत्रकारहरूको हक हितका निम्ति लड्न गठन गरिएको सबैभन्दा ठूलो पत्रकार संगठन हो।