काठमाण्डौं । पदमशाल सदभाव समाजले समाजका सदस्य राजु लामाका पिता नेत्र बहादुर तामाङको निधन प्रति दुःख ब्यक्त गरेको छ । समाजका पदाधिकारीहरुले आज लामाको काठमाण्डौं पदमशाल स्थित निवासमा गएर शोक व्यक्त गरेका हुन् ।
पदमशाल सदभाव समाजका उपाध्यक्ष बिष्णु सुब्बा, कोषाध्यक्ष दामोदर शर्मा, जेष्ठ सदस्यद्वय राम प्रसाद ढुंगाना र धन बहादुर गुरुङ सदस्यहरु राजन ढकाल र रंजिता ढकालले लामाको स्वर्गीय पिता नेत्र बहादुर तामाङ प्रति श्रद्धाञ्जली एवम परिवारजनमा समवेदना ब्यक्त गरेका छन ।
सो अवसरमा समाजका सदस्य राजु लामाले पदमशाल सदभाव समाजले देखाएको सदासयता र सहयोग प्रति आभार व्यक्त गर्दे समाजका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।लामाका पिता नेत्र बहादुर तामाङको ७७ बर्षको उमेरमा गत कार्तिक ८ गते निधन भएको थियो । लामो समय देखि दम र फोक्सोको क्यानसरबाट पीडीत तामाङको दुई पत्नी, सात छोरी र छ जना छोराहरु रहेका छन् । तामाङको ४९ को घेवा बौद्ध संस्कार अनुसार आउँदो मंसिर २४ र २५ गते नुवाकोटको ककनी गाउँपालिका ५, लाँकूरे स्थित निवासमा गर्ने भएको छ ।