Saturday, July 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Times Asian
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
  • Home
    • Opinion
      • Crime
        • Latest News
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
        • Srilanka
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
        • Insurance
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
        • Gossip
          • Film
        • Music
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature
Times Asian
No Result
View All Result

गण्डकी बजेट : कोरोना रोकथामका लागि ८ प्रतिशत

September 24, 2020
in Entertainment, Latest News
0
35
SHARES
64
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । आगामी आर्थिक वर्ष २०७७-०७८ देखि गण्डकीले पहिलो चौमासिकभित्रै योजना छान्‍ने र कार्यान्वयनमा पठाउने भएको छ । राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सोमबार गण्डकी प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले तोकिएका योजना समयमै सक्नको लागि असोजभित्रै योजना छान्नुपर्ने बताएका हुन् ।

“आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश आयोजना तथा कार्यक्रमलाई तोकिएको समयमा सम्पन्न गर्न आर्थिक वर्षको पहिलो चौमासिक अवधीमा सम्पूर्ण प्रक्रिया पूरा गरि कार्यान्वयनमा जाने व्यवस्था मिलाएको छु,” उनले भने ।

यस्तै, मन्त्रालय र निकायलले मातहतका कार्यालयमा कार्यक्रम बाँडफाँट भइसकेपछि कार्यान्वयनको लागि सोही समयभित्र पठाउन पनि उनले निर्देशन दिएका छन् ।

कर्मचारीको भत्ता कटौती

आगामी आर्थिक वर्षदेखि गण्डकीले कर्मचारीलाई दिइँदै आएको सबैखाले भत्ता बन्द गर्ने घोषणा गरेको छ । मन्त्री गुरुङले बजेट पेश गर्दै सार्वजनिक कोषमा संकुचन आएकाले सबैखाले भत्ता खारेज गरिएको बताएका हुन् । तर, उनले कोरोना संक्रमणविरुद्ध जुटेका सबै स्वास्थ्यकर्मीको जोखिम भत्तालाई भने निरन्तरता दिएका छन् ।

व्यवसाय जीवन रक्षाकोषमा १ अर्ब

कोरोना महामारीले शिथिल बनेका उद्योगधन्दालाई जोगाउन १ अर्ब बजेट विनियोजन गरेको छ । मन्त्री गुरुङले प्रस्तुत गरेको बजेटमा ‘व्यवसाय जीवन रक्षा कोष’ कार्यक्रम ल्याइएको र यो कार्यक्रमबाट कोरोना प्रभावित उद्योग व्यवसायलाई जोगाउन, टिकाउन र सुचारु गर्न विशेष कार्यक्रमको लागि बजेट खर्च हुने उनले बताए ।

कोरोना रोकथाममा ८ प्रतिशत बजेट

आगामी आर्थिक वर्षको कुल बजेटमध्ये ८ प्रतिशतभन्दा धेरै बजेट सरकारले कोरोना रोकथामको लागि छुट्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभामा पेश गरेको बजेट अनुसार कुल २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ बजेट कोरोना रोकथाम र न्यूनीकरणमा छुट्याइएको हो ।

गुणस्तरीय क्वारेन्टिनको निर्माण र संचालन, संक्रमितको उपचारका लागि विशेष अस्पताल र आइसोलेसन कक्षको स्थापना र सञ्चालन, सवै जिल्ला अस्पतालहरूमा शय्या थप गरी सघन उपचार कक्ष स्थापना, पीसीआर परीक्षण, औषधि(उपकरण खरिद तथा कोष स्थापनाको लागि ६० करोड ४० लाख रुपैयाँ, व्यवसाय जीवन रक्षाकोषमा १ अर्ब, स्वदेश तथा विदेशमा रोजगारी गुमाएका कोभिड प्रभावित युवाहरूलाई रोजगारी प्रदान गर्न तथा स्वरोजगार बनाउन आवश्यक सीप, पुँजी र प्रविधि उपलब्ध गराउन १८ करोड ४२ लाख, संघ र स्थानीय तहको साझेदारीमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमार्फत सञ्चालन हुने तालिमका लागि १० करोड, ५० लाख, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रमार्फत तालिम सञ्चालन गर्न ९ करोड ९ लाख, कृषि तालिमको लागि १९्र करोड ५० लाख र पर्यटनतर्फ २ करोड ५ लाख रुपैयाँ विनियोजन भएको छ ।

यस्तै, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ७२ करोड रुपैयाँलाई कोरोनाको प्रभाव र असर न्यूनीकरण गर्न पूँजी निर्माण तथा रोजगारी सिर्जना गर्ने पूर्वाधार विकासका योजना सञ्चालनमा प्रयोग गरिने जनाइएको छ ।

जिल्ला अस्पताललाई ५० शय्याको बनाउने

हरेक जिल्लाका अस्पताललाई २५ देखि ५० शय्यामा स्तरोन्‍नती गर्ने, र हरेक जिल्ला अस्पतालमा २ देखि ५ शय्याको आईसीयू बनाउन ३८ करोड ४० लाख बजेट विनियोजन भएको छ । तीन वर्षभित्रमा प्रदेशवासीलाई स्वास्थ्य बिमा गराउन २ करोड, प्रदेश जनस्वास्थ्य तालिम केन्द्र, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र प्रदेश क्षयरोग नियन्त्रण केन्द्रको सुदृढीकरण गर्नसमेत १० करोड २७ लाख बजेट विनियोजन भएको छ ।

गण्डकी विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल बनाउने र चिकित्सा विज्ञानको अध्ययन थालनी गर्न ४२ करोड ७५ लाख रुपैयाँ, शैक्षिक तालिम केन्द्रलाई ७ करोड ९५ लाख बजेट विनियोजन गरिएको छ ।

पर्यटन प्रवद्र्धन र विकासमा २७ करोड ४५ लाख, उद्योग र आपूर्ति व्यवस्थापनमा ११ करोड १३ लाख, भूसंरक्षणमा २५ करोड १४ लाख, हिमाली क्षेत्रमा कस्तुरी र मृग संरक्षणको लागि १ करोड ५० लाख, गण्डकी विज्ञान तथा प्रविधी प्रतिष्ठानको लागि २ करोड ८० लाख बजेट विनियोजन भएको छ ।

सडकमा ६ अर्ब ५५ करोड

आगामी आर्थिक वर्ष पनि बजेटको ठुलो मात्रा सडक पूर्वाधारमा नै खर्च हुने भएको छ । सरकारले प्रस्तुत गरेको बजेट अनुसार आगामी वर्ष प्रदेशका गौरवका सडक, एक निर्वाचन क्षेत्र–एक सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहका केन्द्र जोड्ने र विभिन्न सडकहरुको लागि ६ अर्ब १७ करोड बजेट छुट्याइएको छ । सडक मर्मतमा पनि २४ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

क्रमागत १४४ पुललाई सम्पन्न गर्न र नयाँ ६३ पुलको अध्ययन सुरु गर्न १ अर्ब २५ करोड बजेट विनियोजन भएको छ । यस्तै, संघ सरकारसँगको सहकार्यका सडकमा १६ करोड २० लाख, १२१ झोलुङ्गे पुलका ४६ करोड ५४ लाख, विभिन्न सडक, खानेपानी आयोजनाहरुको गुरुयोजना र डीपीआरका लागि २९ करोड २० लाख रुपैयाँ छुट्याइएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बजेत प्रस्तुत गर्दै स्वास्थ्य संस्थाको सुदृढीकरण र जनशक्तिको क्षमता विकास, स्वदेश र विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार नागरिकलाई रोजगारी, उद्योग व्यवसायलाई पुनर्जीवन दिन सहयोगका विशेष कार्यक्रम संचालन सहित शीघ्र प्रतिफल दिने र आगामी वर्षभित्र सम्पन्न हुने अधुरा आयोजनाको कार्यान्वयन गर्ने प्राथमिकताको आधारमा बजेट तयार गरिएको जानकारी दिए ।

Previous Post

सरकारी कार्यालय आजबाट सञ्चालन, दुई सिफ्टमा सेवा

Next Post

प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड ९ लाख

Times Asian

Times Asian

Next Post
प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड ९ लाख

प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड ९ लाख

कर्णालीको बजेट करिब ३४ अर्ब : एकतिहाइ स्रोत चालु आवको खर्च हुन नसकेको रकम

नारायणगढ–मुग्लिनको धसिएको सडक बनेन

नारायणगढ–मुग्लिनको धसिएको सडक बनेन

अमेरिकाबाट नेपाल फर्किन १६ सय डलर लाग्ने

अमेरिकाबाट नेपाल फर्किन १६ सय डलर लाग्ने

कोरोना कम गर्न मास्क नै सबैभन्दा उपयुक्त

कोरोना कम गर्न मास्क नै सबैभन्दा उपयुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Times Asian

Times Asian

Times Asian is an exclusive online news portal based on international issues where you can easily access and read news globally.  

Touch www.timesasian.com to get the news and views of expertise based on depth reports along with the news of all around the world.

Categories

  • Bangladesh
  • Banking
  • Bhutan
  • Bollywood
  • Crime
  • Economics
  • Education
  • Entertainment
  • Film
  • Gossip
  • Highlights
  • India
  • Interesting News
  • International
  • Investment
  • Latest News
  • Lifestyle
  • Literature
  • Maldives
  • Market
  • Music
  • Nepal
  • Newspaper
  • Opinion
  • Other
  • Pakistan
  • Politics
  • Science
  • South Asia
  • Sports
  • Srilanka
  • Tourism
  • Uncategorized

Newsletter

Chairman : Sunita Bhandari                                                Editor in Chief : Raju Lama (New York)                              Editor : Dawid Szabłowski (Europe)                                Editor : Md Abdur Rahman (South Asia)                              Sub Editor : Vipin Dhulia (New Delhi)                                    Sub Editor : Ali Imran Chattha ( Islamabad)                           Email : timesasian.editor@gmail.com                     

Xi Jinping Calls for Open-Source AI, Global Cooperation

July 18, 2026

Foreign Press Association Condemns Proposed US Restrictions on Foreign Press Visas

July 18, 2026

Trump Administration Drastically Cuts Length of Foreign Journalist Visas

July 17, 2026

U.S. President Trump Addresses the Nation, Focuses on Election Integrity and Foreign Interference

July 18, 2026

3rd International Indigenous Language Journalism Conference 2026 to be Held in Kathmandu

July 18, 2026

© timesasian 2026, All rights reserved. 

No Result
View All Result
  • Home
    • Opinion
      • Crime
  • South Asia
    • India
    • Pakistan
    • Bangladesh
      • Bhutan
    • Nepal
    • Maldives
  • Economics
    • Investment
      • Market
  • Banking
    • Share
  • Lifestyle
    • Tourism
      • Entertainment
    • Agriculture
      • Bollywood
  • Sports
  • Education
  • Newspaper
    • International
  • Other
    • Science
      • Politics
    • Interesting news
      • Literature