काठमाडौं । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले समाजबादी क्रान्तिमा पुनं शसस्त्र संर्घषको आवश्यक्ता पर्नसक्ने खुलासा गरेका छन्।
आखिल नेपाल ट्रेड युनियन महासंघले जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे नेकपा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री थापाले सो खुलासा गरेका हुन्।
मुलुकमा जनबादी क्रान्ति सम्पन्न गर्न जनयुद्धको महत्वपूर्ण योगदान रहेको औल्याउदै थापाले जनयुद्ध कै कारण मुलुकमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायतको उपलब्धीे हासिल भएको बताए।
जनबादी क्रान्तिमा शसस्त्र आन्दोलनको आवश्यक्ता परेको जस्तै प्रतिक्रियाबादीहरुले समाजवादमा जान अबरोध गरेमा जनताको सत्ता टिकाउन फेरि शसस्त्र रुपमा उनीहरुलाई परास्त गर्नुपर्ने थापाको तर्क थियो।