काठमाण्डौ । नेपाल स्वास्थ्य सेवा सहकारीको अध्यक्षका प्रतिद्धन्द्धी राजेन्द्र पाण्डे यस पटक कम्जोर देखिएका छन्। चौध वर्षदेखि निरन्तर अध्यक्ष रहेका राजेन्द्र पाण्डेलाई यस पटकको निर्वाचन फलामको चिउरा सरह हुने भएको छ । नेकपा नेता समेत रहेका राजेन्द्र पाण्डेलाई यस पटक गणेश सिंखडाले चुनौति दिएका छन्।
सहकारी संस्थाले हाल मनमोहन सामुदायिक अपस्तालसंगै मनमोहन मेमोरियल मेडिकल कलेज र शिक्षण अस्पताल समेत सञ्चालन गरिरहेको छ । तर पाण्डेले नेतृत्व गरेका तीन वटै संस्था घाटामा रहेको छ । हाल मनमोहन सामुदायिक अस्पताल घरपेटीले घरभाडा संझौता नविकरण नगरेको भन्दै आठ महिनादेखिको स्वास्थ्यकर्मी र कर्मचारीलाई पारिश्रमिक समेत नदिएर बन्द गरिएको छ।
सामुदायिक अस्पताल सञ्चालनको लागि भन्दै स्वास्थ्य सहकारीले नेपाल सरकारबाट २२ करोड रुपैया अनुदान लिए पनि आर्थिक हिनामिना गरेर संस्था घाटामा लगेको सहकारीका शेयर सदस्यहरुको आरोप छ । २८ सय भन्दा बढी शेयर सदस्य रहेको सहकारी स्थापनाको १४ वर्ष भन्दा बढी भए पनि हालसम्म कुनै नाफा नदेखाएको र हरहिसाब समेत पारदर्शी नभएको आरोप शेयर सदस्यहरुको छ।
पाण्डेकै कारण सहकारी डुब्न लागेको र अस्पताल समेत बन्द भएको भन्दै शेयर सदस्यले उनलाई निर्वाचनमा सहयोग नगर्ने देखेपछि उनी प्रतिद्धन्द्धीलाई उमेद्धारी फिर्ता गर्न दवाव दिन थालेका छन् । यस अघि उनले अध्यक्षका प्रत्यासी सुवार्ण मल्ल र रामकुमार गिरीलाई दवाव दिएर उमेद्धारी फिर्ता लिन लगाएका थिए । माघ महिनामै स्वास्थ्य सहकारीको निर्वाचन गर्न मिति तय भए पनि पाण्डेले आफ्नो पक्षमा माहोल नदेखेपछि दुई पटक निर्वाचन सार्न लगाएर फागुन १५ मा निर्वाचन गराउन मिति तय गराएका थिए।
नेपालको पहिलो जननिर्वाचित कम्यूनिष्ट प्रधानमन्त्री मनमोहन भट्टराईको नाममा खोलिएको अस्पतालमा १४ वर्षदेखि एकछत्र राज गरेका नेकपा नेता पाण्डेले संस्थामा आर्थिक घोटाला गरेको र संस्था सञ्चालन गर्न नसकेको शेयर होल्डरहरुको आरोप छ। राजनीतिक प्रभावको आधारमा यस पटक पनि निर्विरोध अध्यक्ष हुने योजना बनाएका नेता पाण्डेले ८० भन्दा बढी कर्मचारी निस्कासन गरेर मनमोहन अस्पताल बन्द गराएपछि अधिकांश शेयर होल्डर र सञ्चालक समिति उनको विपक्षमा देखिएका छन्।
सामुदायिक अस्पतालाई पाण्डेले निजी अस्पताल सरह ब्यापार गर्ने थलो बनाएकाले आफूहरुले संस्थागत हित र बन्द भएको मनमोहन अस्पताल सञ्चालन गरी सुविधा सहित शेयर होल्डरलाई नाफा वितरण गर्नका लागि उमेद्धारी दिएको अध्यक्षको प्रत्यासीहरुको भनाई छ।
आफूले निर्वाचित भए संस्थालाई नाफामा लाने र मनमोहन अस्पताललाई पुनः सञ्चालन गरी राजधानीमा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको रुपमा विकास गर्ने तथा आफ्नो कार्यकालमा मेडिकल कलेज स्थापना गर्ने सिंखडाको प्रतिबद्धता छ।