काठमाण्डौ । नेपाल राष्ट्रिय प्रगतिशिल यातायात श्रमिक संगठनको काठमाडौंको राष्ट्रिय सभागृहमा फाल्गुन ८ र ९ गते सम्पन्न पहिलो राष्ट्रिय महाधिबेशनले राजेन्द्र शर्मालाई अध्यक्षमा चयन गरेको छ ।
महाधिबेशनले ५१ सदस्यीय केन्द्रिय समितिको चयन गर्दे उपाध्यक्षमा भुपाल ओली, पासाङ तामाङ, पूर्ण कार्की र अर्जुन श्रेष्ठ महासचिवमा गुरु प्रसाद धिताल र कोषाध्यक्षमा नारायण श्रेष्ठ सहित दुई उपमहासचिव र चार सचिव चयन गरेको छ ।
महाधिवेशनको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र समापन खानीपानी तथा सरसफाई मन्त्री मणि थापाले गर्नुभएको थियो ।