काठमाण्डौ । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रतिक्रांति रोक्न संसद बिघटन गर्नु परेको बताउनुभएको छ । पत्रकारहरुसँग आफ्नै निवासमा भेटघाट गर्ने क्रममा मन्त्री थापाले सो कुरा बताउनुभएको हो।
नेकपा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री थापाले ताजा जनमतबाट मात्र प्रतिक्रांति हुनबाट मुलुकलाई बचाउन सकिने बताउनुभयो । नेता थापाले बिघठित संसद पुनर्स्थापित कुनै पनि बहानामा हुनै नसक्ने जिकिर गर्नुभयो।
दाहाल- नेपाल समूह प्रति लक्षित गर्दे थापाले नेकपा फुटेको नभई एउटा गुट अलग्गिएको बताउनुभयो । उहाँले मुलुकलाई स्थायित्व र समृद्धिको मार्गमा अग्रसर गराउन अहिलेको विषम परिस्थितिमा पत्रकार जगतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने समेत बताउनुभयो।
नेता थापाले स्थापित नेतृत्वलाई कमजोर पारेर अस्थिरता तर्फ धकेलने र मुलुकलाई असफल बनाउने प्रयास स्वरूप विदेशी शक्तिहरुको योजना मुताबिक दाहाल- नेपाल समूह लागिरहेको आरोप लगाउनुभयो।