काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्ने प्रावधान स्पष्ट रुपमा संविधानमा उल्लेख रहेको दाबी गर्नुभएको छ।
नेकपा सुदुरपश्चिम प्रदेश स्तरीय भेलालाई संबोधन गर्दे नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले सो दाबी गर्नुभएको हो।
संविधानको मर्म अनुसार नै आफूले संसद बिघटन गरिएको उहाँको भनाई थियो । संसदको बहुमत प्राप्त प्रधानमन्त्रीले नयाँ जनादेशको लागि जनतामा जाउँ भन्दा कसरी म प्रतिगामी भए ?उहाँको प्रश्न थियो।
दाहाल- नेपाल पद, परिवार र पैसाको निम्ति पार्टीबाट अलग भएको प्रधानमन्त्री ओलीको आरोप थियो ।
आन्दोलन मार्फत जनतामा भ्रम छर्नको साटो चुनावको तयारीमा लाग्न प्रधानमन्त्री ओलीको प्रचण्ड र माधव नेपाललाई सुझाव थियो।